देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसिया र पाकिस्तानमा कोरोना संक्रमण बढ्ने क्रममा

देशान्तर

काठमाडौं – मलेसियामा शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा २ हजार ७९९ थप कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै राष्ट्रभरी कुल संक्रमितको संख्या ४५ लाख ९२ हजार ७१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधीमा संक्रमणको कारण आठ नयाँ मृत्यु भएपछि कुल मृतकको सङ्ख्या ३५ हजार ८०९ जना पुगेको छ । यस समयमा दुई हजार ६६६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएपछि कोरोना शुरु भएपछि हालसम्म यहाँ ४५ लाख २१ हजार ५७८ कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल मलेसियामा ३५ हजार ३२३ सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ४१ जनाको सघन उपचार कक्षमा उपचार भइरेहको समाचारमा जनाइएको छ ।

यसैबीच पाकिस्तानमा पनि ५०२ जना कोरोनाका संक्रमित थपिएका र एक जनाको मृत्यु भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।

पाकिस्तानमा कोरोना शुरुभएबाट हालसम्म सङ्क्रमणबाट तीस हजार ४२१ जनाको मृत्यु भएको छ। शनिबार यहाँ १८ हजार ३८५ जनाको कोरोना परिक्षण भएको ती मध्ये २।७३ प्रतिशतलाई कोरोना देखिएको जनाइएको छ। दक्षिण एसियाली यस देशमा हाल कोरोना संक्रमणको कारण १४५ जनाको अवस्था नाजुक रहेको बताइएको छ।