देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजारमा सरकारको व्यापक खोजी


बजार सर्वसाधारणको पहुचबाट उकालो लाग्दै छ । उपभोक्ताले बजारमा अत्यासलाग्दो गरी महगी बढेको महशुस गर्न थालिएको अवस्था आउछ त्यसपछि बजारमा सरकारको खोजी हुन्छ । बढेका मूल्यहरु परिस्थितिले ल्याएका हुन कि व्यवशायीका बढी नाफाको लोभबाट आएका हुन भन्ने सरकारले निक्र्योल गरेर नागरिकलाई जानकारी गराइनै रहनुपर्छ । यसले सरकार बजारमानै छ है भन्ने सन्देश पनि दिन्छ । आम तहको बुझाइमा विगत लामोसमयदेखिनै बजारको अनुगमन भएको छैन भन्ने छ । ०७७ महामारी, ०७८ राजनीतिक तनाव र ०७९ भरखर सुरुभएको वर्र्ष मानिएर होला अनुगमनमा कमी देखिएको । बजारमा सरकाको उपस्थितिले उसलाई पनि नागरिकसंगको प्रत्यक्ष सम्वन्ध बढाउन सहयोग गर्छ ।

बजार किन यति ठूलो र भारी रुपले महँगियो भन्ने प्रश्न कुनै एकदुइजनाको मात्रै होइन । बजारबाट यस्तो प्रशन पत्येका घरका चुलोमा पुगिरहेका छन । त्यसकारण पनि सरकारले यो कुरा बुझनुपर्छ र बजारमा आफनो बलियो उपस्थिति रहेको देखाउनै पर्छ । यी केही उदाहरण तिनै प्रश्न भित्रका हुन ।

उदाहरण एक : आगामाी वर्षको बजेटमा सरकारले एउटा तयारी खाद्य वस्तु चाउचाउमा प्रयोग हुने तेलको भन्सार दर घटाइदियो । पहिले १५ प्रतिशत रहेको ठाउमा अहिले पाँच प्रतिशत कायम भयो । तर यता त्यसको एउटा प्याकेटमा चार रुपैयाले मूल्य बढ्यो । पहिले १८ रपैया थियो अहिले २२ पुग्यो । प्याकेटमानै यसको मूल्य लेखिएको छ ।

उदाहरण दुइ : गएको माघमा दूधको उपभोक्ता मूल्य बढ्यो । त्यसको कारणमा किसान लाभान्वित हुने भनेर वताइएको थियो । दूधको बढेको उपभोक्ता मूल्य लिटरमा १४ रुपैयाँसम्म थियो जो अहिलेसम्मनै कायम छ । तर यता संस्था डीडीसीले नै किसानलाई भने ६ रुपैयाँ ५२ पैसा मात्रै छुट्याएको थियो । यसमा किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यको अन्तर लिटरमा नै साढे सात रुपैयाको छ । उपभोक्ताले तिर्ने, किसानले पाउने र सम्वन्धित निकायले लिर्ने रकमको यतिठूलो अन्तर कसरी आयो ? नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने सरकारी तथ्याङ्क छ जसमध्ये ३१ लाख लिटर हाराहारी दूध किसानबाट घरायसी प्रयोजनमा प्रयोग हुन्छ । दैनिक बिक्रीमा आउँने ३१ लाख लिटर दूध मध्ये १० लाख ५४ हजार लिटर औपचारिक प्रणालीबाट बाँकी २० लाख ४६ हजार लिटर अनौपचारिक च्यानलबाट बिक्री वितरण भइरहेको छ । यसमा उपभोक्ताले तिरेको रकमबाट बढी को लाभान्वित भै रहेको छ र त्यसको कुल रकम कति होला भन्ने हिसाव गरौं जसले को लाभान्वित हुदैछन भन्ने चित्र देखाउछ ।

उदाहरण तीन : यही जेठमा प्रशोधित पिउने पानीको दुई अघि बढाइएको मुल्य कार्यान्वयनमा आाएको वताइएको छ । नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जनाए अनुसार १९ जेठ २०७९ देखि कार्यान्वयनमा ल्याइयो । यस्तो पानीमा प्रतिस्पर्धाका कारण होला पहिले एक जार पानकिो मूल्य २५ रुपैयाँसम्म रहेकोमा त्यो बढेर ४७–५० मापुग्यो । कार्टुनमा १०० रुपैयाँसम्ममा पाइने बोतलको पानीको मूल्य १६० रुपैयाँ भयो । एकवोतल पानोको खुद्राविक्रंी ३०–३५ सम्म पुगेको अवस्था छ जो उपभोक्ताले तिुर्नपर्ने रकम हो । यता यस्तो पानीको व्यवशाय गरिरहनु भकाहरुले भने संसदीय समितिको अनुगमन र निरीक्षण एवम् बजारको मूल्यवृद्धिका आधारमा नयाँ मूल्य तोकेको र यो मूल्य बढेको नभई मूल्य झनै सस्तो बनाइएको दावी गरिहनुभएको अवस्थाा छ ।

साठीको वस्तु सयमा
बजारमा सरकारको दह्रो उपस्थिति भएन भने बस्तुको मूल्य कहाँबाट कहाँपुग्छ भन्ने अनुमानै गर्न सकिन्न । त्यसको पनि उदाहरण छ । २०७५ साल दुइतिहाइ भन्दापनि बढी सख्याले विश्वास प्रकट गरेकोे सरकारले आफनो काम प्रारम्भ गरेको वर्ष हो । यतिबलियो सरकारले काम थालेको केही समयमानै अत्यधिक मात्रामा उपभोग हुने वस्तु चिनिमा कल्पनातित रुपले भाउ बढ्यो । कारण थियो व्यवशायीको आग्रहमा चिनी आयातमा प्रतिवन्ध लगाइनु । यो कुरालार्इृ तत्कालीन प्रधानम्न्त्रीले नै ठाउँठाउँमा सार्वजनिक रुपमा दुखेसो नै प्रकट गर्न थाल्ुनुभएको थियो । उहाँका अनुसार आाफनो सदभावलाई व्यापरीहरुले दुरुपयोग गरिदिए ।

त्यसबेला आयातमा प्रतिवन्ध नलागुन्जे चिनिको मूल्य ६०–६३ रुपैया थियो । भारतमा भने ३३ भारु । तर यता सरकारले नै ७० रुपैयामूल्य तोकिदियो जसको सँसदमै व्यापक विरोधपनि भएको थियो । तर यता नेपाली बजारमा भने त्यो वर्षको मध्य (दशै ––तिहार) देखि चिनीको मूल्य १०० रुपैया पर्न थाल्यो । कारण थियो यो वर्षको भदौमा सरकारले आयातमा आयातमा लगाइदिएको प्रतिवन्ध । त्यसपछि चिनिको मूल्य तोक्ने काम सरकारको हातबाट व्यापारीकोमा पुग्यो । प्रधानमन्त्रीको विशेष निर्देशनमा आयात रेकिएको हँुदा यो वस्तुकाबारे बजारमा अनुगमन पनि भएन । त्यसको छ महिनापछि अर्थात त्यो वर्षको चैत्र अन्त्य तिर प्रधानमन्त्री आफैले व्यवशायीबाट धोकापाएको भनी सार्वजनिक कार्यक्रममा नै दुखेसो प्रकट गर्न थाल्नुभएको तर यतिबेलासम्म उपभोक्ता साठीको वस्तु सयमा खरिद गर्न वाध्य भैरहे । आयात रोकिएपछि बजारमा चिनीको व्यापक अभाव भएर यस्तो कालोबजारी पछिसम्म नै कायम रह्यो ।

त्यही कुरा चालु वर्षृ पनि दोहोरिएको अवस्था छ । जेठमा चिनीको बजार मूल्य ९०–९५ थियो । असारमा यो मूल्य १२० सम्म पुग्यो । बजारमा यो मुल्यमा खुला किनबेच भैरहेकाले सरकारकोे अनुमतिबाट नै मूल्य बढेको भन्ने उपभोक्ताका ठम्याइ स्वाभाविक बन्न गयो । बजारमा सरकारको बलियो उृपस्थिति रहेको भए उसमाथि पनि यस्तो आरोप लागन पाउने थिएन होला ।

मूल्य बढाइनुको कारण अज्ञात
बजारमा केहीकेही उपभोग्य वस्तुका मूल्य बढदा तिनका कारण हुनुपर्छ । जस्तो उत्पादनको अभावले आपूर्ती घटनु, स्रोतमै मूल्यबढनु आदि । कारण देखियो भने उपभोक्ताले पनि मन बुझाउने ठाउँ हुन्छ । पछिल्लो समय जसरी बजार छोइनसक्ने गरी महगिएको छ त्यसको कारणभने खुल्न सकेको छैन । इन्धनको मूल्य बढेको भन्ने एउटा कारण हुनसक्तछ । तर त्यसमा बढेको र अरु वस्तुमा बढेको मुल्यबीच व्यापक विश्लेष हुनुपर्छ ।

उपधोक्ताको गुनासो नै यही ठाउँमा हो । अहिले एउटा अण्डामा दुइरुपैया बढाइएको छ । पहिले(१५ रुपैया थियो त्यसबाट बढेर अहिले १७ रुयैया भयो । चाउचाउको एकप्याकेटमा चार रुपैया बढ्यो । यता बजेटमा भने चाउचाउुको उत्पादनमा प्रयोग हुने वस्तुको १० प्रतिशतको दरले घटेको छ । पानी नै जारमा १० – २० र बोत्तलको एक कार्टुनमा ५० – ६० रुपैयाँ महँगो भयो । यता उपभोक्ताले पानीको एक वोतलर्मा १०–१५ रुपैया र दूधको प्रचलित मूल्य भन्दा लिटरमा १४ रुपैया बढी तिर्नुपर्नेृ भयो । दूधको प्रचलित मूल्यमा एक इकाइ अर्थात एकलटिरमा १४ रुपैया बढाइँदा त्यसका उत्पादनक स्रोत किसानले भने साढे ६ रुपौया पाए । बजारमा मूल्यबढेको छ तर त्यसको लाभ भने तेस्रो पक्षले लिइरहेको छ । यसले कुनैपनि वस्तुका मूल्य बढनु वा बढाइनुको कारणाबारे सही विश्लेषण भएको छैन भन्ने बताउछ। । इन्धनमा मूल्य बढेर वस्तुमा प्रभाव पारेको भन्ने एकहदसम्म सही होला तर मात्राका इकाइ र गोटागोटाका दरले बढछ भने त्योकति स्वाभाविक हुन्छ ? सरकारले यो प्रश्नको जवाफ दिनुपर्छ । यसरी मूल्य बढनुमा अन्तर्राष्ट्रिय घटनाको उपज मात्रै भनेर पनि पुग्दैन ।

वस्तुगत विवरणका नमुना
नेपाल खुद्रा व्यापार संघ र नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि हरेक उपभोग्य बस्तुको बजार धेरै महँगो भएको देखाउछ । नेपाल खुद्रा व्यापार संघको विवरण अनुसार गएको एक वर्षमा दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ । केही वस्तुको मूल्यको विगत र अहिलेको तुलना हुँदा देखिने चित्र नै त्यस्तै छ । सार्वजनिक भैरहेका रिपोर्ट अनसार २०७८ असारमा प्रतिलिटर २२० रुपैयाँमा पाइने भटमास तेलको मूल्य २०७९ असारमा थोक मूल्य प्रतिलिटर ११० रुपैयाँले बढेर ३३० पुगेको छ । यस्तै २४० रुपैयाँमा पाइने सूर्यमुखी र तोरी तेलको मूल्य लिटरमा ११० रुपैयाँले नै बढेर ३५० रुपैयाँ पुगेको छ । गत वर्ष १५० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दालको मूल्य यो वर्ष किलोमै २५ रुपैयाँले बढेर १७५ रुपैयाँ पुगेको छ । रहर दाल किलोमा १० रुपैयाँले बढेर १७० बाट १८० रुपैयाँ प्रतिकिलो पुगेको छ । प्रतिकिलो २०० रुपैयाँमा पाइने राजमाको मूल्य किलोमै २० रुपैयाँले बढेको छ भने १०० रुपैयाँको सेतो केराउको मूल्य किलोमै ३० रुपैयाँले बढेर १३० रुपैयाँ कायम भएको छ ।

यस्तै चामल र पीठोमा पनि एक वर्षको बीचमा उच्च मूल्यवृद्धि भएको छ । स्टिम जिरा मसिनो चामलको मूल्य किलोमा ५ रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ भने लनग्रेन बासमती चामल किलोमा १५ रुपैयाँले महँगिएर १४५ रुपैयाँ प्रतिकिलो पुगेको छ । ताइचिन चिउराको मूल्य किलोमा २० रुपैयाँले महँगिएर थोकमा १५० पुगेको छ । ६० रुपैयाँ किलोको सुजीको मूल्य ४० रुपैयाँले महँगिएर १०० रुपैयाँ पुगेको, गत असारमा १५० रुपैयाँ किलोमा पाइने मस्यौराको मूल्य यो असारमा ७५ रुपैयाँले बढेर २२५ रुपैयाँ प्रतिकिलो पुगेको व्यापार संघको मुल्य सूचीले देखाएको हो ।

उल्लेखित वस्तु यस्ता हुन जसका बिना जीवन चल्दैन । यी सबै वस्तु प्रत्येक छाक उपभोगमा आउनेमा पर्छन । यसले हरेककका चुलो कति महँगिए छ भन्ने देखाउछ । सरकार बजारमा आए यस्तो महँगीको कारण खुल्ने थियो र अकारण भए त्यसको अन्त्य हुने थियो ।

(लेखक नेपाली कांग्रेस वागमती प्रदेश उपसभापति हुन )