देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा गत चौबीस घण्टामा ९८ जना कोरोना संक्रमित, २७ जना डिस्चार्ज

देशान्तर

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ५६४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २७ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ६२५ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत छ । त्यस्तै, गत चौबीस घण्टामा थप ६२ हजार ९७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।