देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिलिपिन्सका राष्ट्रपति मार्कोस कोभिड संक्रमित

देशान्तर

काठमाडौं – फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस कोभिड–१९ बाट संक्रमित भएका छन् । उनका प्रेस सचिव रोज बिट्रिक्स क्रुज(एन्जेल्सले जानकारी दिए ।

एन्जलसले पत्रकार सम्मेलनमा ६४ वर्षीय मार्कोस कोभिड(१९ को एन्टिजेन परीक्षणमा संक्रमित देखिनु भएको भएको जानकारी दिए । उनलाई हल्का ज्वरो रहेको तर स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

एन्जलसले राष्ट्रपति मार्कोससँग नजिकको सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य मापदण्ड अनुसार सचेत रहेन आग्रह गरिएको छ ।
मार्कोसलाई सन् २०२० मार्चमा पनि कोभिड संक्रमण भएको थियो।