देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा पहिलोपटक ओमिक्रोनको उपप्रजाति भेटियो

देशान्तर

काठमाडौं – नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति पहिलो पटक पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण जिन सिक्वेन्सिङ मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पहिलो पटक फेला परेको हो ।

अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको अस्पतालका वरिष्ठ चिकित्सकले पुष्टि गरेका छन् । ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण आजभोलि कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुनः बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ चिकित्सकले वताएका छन् । युरोपेली देशमा संक्रमित बढ्नुमा बीए फोर र बीए फाइभ रहेको जनाइएको छ ।