देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २४ लाख मात्रा खोप आइपुग्यो

देशान्तर

काठमाण्डौं – ५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोना भाइरस विरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा। सुरेन्द्र चौरसियाले जानकारी दिए ।

यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए । खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ ।

यो खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो ।