देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गजलकार अमन एकलको लोकदोहोरी गीत “पानीसँगै असिना” सार्वजानिक

देशान्तर

काठमाडौँ – कविता र गजलमा सक्रिय रुपमा कलम चलाउँदै आउनु भएका कवि/गजलकार अमन एकलको लोकदोहोरी गीत सार्वजानिक भएको छ ।

“नुवाकोटमा पानी पर्‍यो रसुवामा असिना, लेऊ लेऊ त्यो रुमाल पुछौँ पसिना” बोलको लोकदोहोरी गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका निशा रणपाल र गायक अमन एकलले गाएका छन् ।

रामशरण पाण्डेको लयरसङ्गीत रहेको सो गीतमा गायक अमन एकल र केशव अधिकारीको शब्द रहेको छ ।
गीतमा राम शरण पाण्डे , अञ्जु सुनार , केशव अधिकारी , निशा रणपाल, हरि प्रसाद न्यौपाने “सुगम”, सुस्मिता तामाङ लगायतको अभिनय रहेको छ ।

दिनेश मुस्कानको छायाङ्कन तथा निर्देशन रहेको गीतलाई खरो मिडियाले युटुबमार्फत शनिबार सार्वजनिक गरेको हो । गीतमा नारायण दङ्गालको सङ्गीत संयोजन रहेको छ ।

रसुवा र नुवाकोटलाई जोडेर सिर्जना गरिएको गीत, रसुवा र नुवाकोटका अलवा काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ।

रोजगारीको सिलसिलामा लामो समयसम्म युएईमा रहनु भएका गायक अमन एकल सगरमाथा साहित्य प्रतिष्ठान, युएईका पूर्व-उपाध्यक्ष समेत छन् । उन हाल काठमाडौँमा बसेर साहित्य लेखन र गीत सङ्गीतमा सक्रिय रहँदै आएका छन् ।