देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा गत चौबीस घण्टामा ४४ जनामा कोरोना संक्रमण, १६ जना डिस्चार्ज

देशान्तर

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा जम्मा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार २०१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार २६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ३१४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १६ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ४९६ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत छ । त्यस्तै, गत चौबीस घण्टामा थप ८७ हजार २३५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।