देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको पहिलो  दिन ३७ अंकले घट्यो नेप्से,  १ अर्ब १३ करोडको कारोबार

देशान्तर

काठमाडौं – साताको पहिलो दिन आज नेप्से घटेको छ । नेप्से आज ३७ दशमलव २७ अंकले घटेर १९ सय ३४ दशमलव ११ अंकमा पुगेको छ। सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २९ अंकले घटेर तीन सय ७३ दशमलव ८५ अंकमा पुगेको छ ।

दुई सय २३ कम्पनीको २७ हजार ६ पटकको कारोबारमा ३६ लाख ६६ हजार आठ सय ९१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम एक अर्ब १३ करोड ४० लाख ९१ हजार दुई सय १२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ६ अंकले घटेर १३ सय ५६ दशमलव ५३ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक एक सय २४ दशमलव १२ अंकले घटेर तीन हजार दुई सय ७० दशमलव ७५ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक ८७ दशमलव ४७ अंकले घटेर २१ सय ८६ दशमलव ३९ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५४ दशमलव ८३ अंकले घटेर सात हजार आठ सय ९२ दशमलव ४३ अंकमा पुगेको छ । यसैगरी जीवन बिमा समूहको सूचक एक सय २२ दशमलव ६८ अंकले घटेर नौ हजार एक सय ४४ दशमलव आठ अंकमा पुग्दा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि छन् ।

नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर ६ सय ५६ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा रिभर फल्स पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ५६ प्रतिशतले घटेर दुई सय ४६ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी नेपाल टेलिकमको प्रतिकित्ता आठ सय ६७ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा १० करोड २९ लाख ८९ हजार सात सय ६१ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।