देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से १९ सय ७१ दशमलव ३८ अंकमा, यो साता ५ अर्ब ५९ करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – यो साता नेप्से १९ सय ७१ दशमलव ३८ अंकमा सीमित भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव १४ अंकमा सीमित हुन पुगेको छ ।

साताभर कुल दुई सय ३२ कम्पनीको एक लाख २३ हजार नौ सय २९ पटकको कारोबारमा एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही आधारमा यो साता कुल कारोबार रकम पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम रहेकाे छ।

गत साता भने नेप्सेमा दुई सय ३१ कम्पनीको एक लाख ३४ हजार नौ सय ३० पटकको कारोबारमा दुई करोड पाँच लाख ९५ हजार एक सय ९५ कित्ता सेयर खरिद–बिक्री भएका थिए । जसअनुसार उक्त साता कुल कारोबार रकम ६ अर्ब ५९ करोड ३३ लाख ६३ हजार एक सय २६ रुपैयाँ पुगेको थियो । नियमित कारोबारका लागि नेप्से सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये चार कार्यदिन लगातार नेप्से घटेको थियो भने चौथो कार्य दिन मात्र नेप्से बढेको थियो । सोही आधारमा यो साता कारोबार रकम गत साताको तुलनामा घटेको हो ।

कारोबार भएको पाँच कार्य दिनमध्ये पहिलो दिन १५ दशमलव ८२ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि सात दशमलव ५६ अंकले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ खुम्चिएको थियो । यसबीचमा चौथो दिनबाहेकका बाँकी दिनमा लगातार नेप्से घटेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन दुई दशमलव २७ अंंकले घटेर तीन सय ८९ दशमलव ९८ अंकमा झरेकामा अन्तिम कारोबार दिन शून्य दशमलव ६९ अंंकले घटेर तीन सय ८१ दशमलव १४ खुम्चिएको थियो । यसबाहेकका बाँकी दिनमा चौथो दिन सेन्सिटिभ इन्डेक्स सामान्य अंकले बढे पनि अरू दिन भने घटेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।