देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रमण मोटर्सको अपोलो ब्रान्डको तयारि सोरुम बागडोलमा संचालन

देशान्तर

काठमाडौं – रमण मोटर्सले ललितपुरको बागडोलमा अपोलो टायर्सको सोरुम संचालनमा ल्याएको छ।

सोरुमको अपोलो टायर्स कम्पनीका नेपाल प्रमुख राजेश सिंह र रमण ग्रुप अफ कम्पनिजका सिइओ आदेश श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटन समारोह लगत्तै २ सयभन्दा बढी टायरको अर्डर लिएको रमण मोटर्सका जनरल म्यानेजर विनोद थापाले जानकारी दिए।

अपोलो टायर्स ब्राण्डका टायरहरू गुणस्तरीय र टिकाउ भएको दाबी गर्दै कम्पनीले सबै साइजमा उपलब्ध रहेको जनाएको छ ।