देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, अरूकाे मूल्य कति?

देशान्तर

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको हो ।

निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

अब पेट्रोलको मूल्य १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।