देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि सातामा दुई दिन बिदा

देशान्तर

काठमाडौं । मुलुकमा सञ्चित रकम घट्नुको साथै पेट्रोलियम पदार्थको मूल्य अकाशिँदै गएपछि सरकारले आज (जेठ १ गते) देखि साताको दुई दिन बिदा दिने निर्णय गरेको छ । राज्यको नियमित खर्च कटौती गर्ने उद्देश्यले सरकारले साताको दुई दिन शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । विगतमा दुईदिने बिदा दिने प्राक्टिस असफल भए पनि सरकारले खर्च कटौती गर्दै मुलुकको आर्थिक संकटलाई टार्न बिदा बढाएसँगै सर्वधारण जनता भने त्यसको मारमा पर्ने छन् ।

सुस्त र जवाफदेही हिन नेपालको सरकारी संयन्त्रका कारण आम जनताले हैरानी खेपिरहेका बेला दुई दिनको बिदाले सरकारी कामको प्रभावकारितामा थप ह्रास आउनेछ । प्रभाव र पहुँचमा भएका व्यक्तिहरूले राज्यको स्रोतसाधनको झन् दुरुपयोग गर्नुको साथै सर्वसाधारणको काममा गिरोवट आएपछि २०५९ सालमा हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने प्रचलन शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेका थिए । कृष्णप्रसाद भट्टराई नेतृत्व सरकारले विसं २०५६ साउन १ गतेबाट नेपालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरेका थिए । त्यसबेला पनि अहिलेजस्तै पेट्रोलको भाउ बढेको थियो । बिजुली पनि बचाउनुपर्ने अवस्था रहेकाले यो निर्णय ल्याइएको थियो ।

अहिले पनि नेपालमा पेट्रोलियम पदार्थको खर्च अत्यधिक बढेपछि विदेशी मुद्रा सञ्चिति कम भएपछि आर्थिक संकटबाट मुक्त हुनका लागि सरकारले अहिले सातामा दुई दिन बिदालाई परीक्षणको रूपमा लिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । सातामा दुई दिन बिदा दिने निर्णय भएसँग अरू पाँच दिनको कार्यालय समय पनि परिमार्जन गरिएको छ । अब बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय समय तोएिको छ । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै यसका विषयमा विभिन्न टीकाटिप्पणीहरू पनि भइरहेका छन् । खासगरी निजी क्षेत्रले भने यसलाई सकारात्मक लिएका छैनन् । उनीहरूले आफूहरूलाई यो निर्णयले घाटा हुने भन्दै विरोध गरेका छन् । शिक्षण संस्थाहरूले पनि सातामा दुई दिन बिदा दिँदा क्यालेन्डर बिग्रिने भन्दै नमान्ने बताएका थिए । तर परिपत्र नै गरेर सरकारले वार्षिक बिदा, बर्खे बिदा र हिउँदे बिदालाई कटौती गर्दै यो बिदा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको एउटा अध्ययन समितिले हालै गरेको अध्ययनअनुसार सरकारी र निजी क्षेत्रले साताको दुई दिन बिदा दिए करिब ७० देखि ८० लाख मानिसले बिदा पाउने र त्यसको करिब १० प्रतिशत मानिस मात्रै एक दिन घुमफिरका लागि निस्किने अवस्था आयो भने करिब सातदेखि आठ लाख मानिस घर बाहिर निस्कने आकलन गरेको थियो । त्यसले राज्य कोषमा थप भार पर्न सक्नेछ ।