देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फा कार्यसमिति बैठक बस्दै : खेलाडीप्रशिक्षक विवादबारे छलफल हुने

देशान्तर

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ ।

पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए ।

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएपछि सुरु भएको विवाद दुई साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेको छैन ।

त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ै आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले पनि कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेको छ ।

यस्तै प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नो धारणा व्यक्त गरिसकेका छन् । फुटबल टिम विवादबारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेको समाचार आफ्नै वेबसाइटमा सार्वजनिक गरे पनि पछि हटाएको थियो ।