देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिलो एकदिवसीयमा नेपालको खराब ब्याटिङ :जिम्बावे ‘ए’लाई १३७ रनको लक्ष्य

देशान्तर

काठमाडौं – जिम्बोवे ‘ए’विरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १३६ रनमा अलआउट भयो ।
जिम्बावे ए का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । छैठौं नम्बरमा ब्याटिङ गरेका उनले ७० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे ।
करण केसीले ३६ बल खेल्दै ३ चौका मद्दतमा २५ रन बनाए । सोमपाल र करणले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरे ।
ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।
आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए । यस्तै कप्तान सन्दीप ४ रन बनाएर आउट हुँदा सुशन भारीले खाता खोल्न सकेनन् ।

जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिए ।
यसअघि तीन खेलको टी–२० शृंखला बराबर भएको थियो । पहिलो खेलमा जिम्बावे ए विजयी हुँदा दोस्रो खेल वर्षाका कारण रद्ध भएको थियो ।

तेस्रो खेलमा नेपालले ८ विकेटले जितेको थियो ।