देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल क्रिकेटमा दिल्ली र हैदराबाद खेल्दै

देशान्तर

काठमाडौँ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । हैदराबादले ९ खेलमा ५ मा जित निकालेको छ ।

हैदराबाद १० अङ्ककासाथ अङ्क तालिकाको पाँचौँ स्थानमा छ । त्यस्तै दिल्लीले समान खेलमा ४ मा जितसहित ८ अङ्क जोडेको छ । दिल्ली अङ्क तालिकाको सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर चेन्नई सुपर किङ्ग्सलाई १३ रनले हराउँदै चौथो स्थानमा उक्लिएको छ ।