देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियल मड्रिड ला लिगाको च्याम्पियन


चार खेल बाँकी हुँदै रियल मड्रिडले यो सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

आज घरेलु मैदानमा स्पान्योलमाथि ४–० गोल अन्तरको जित दर्ता गरेपछि च्याम्पियन बन्न पर्याप्त भयो । अब बाँकी चार खेलमै रियल पराजित भए पनि उपाधि उचाल्न कसैले रोक्ने छैन । रियल ३४ खेलबाट ८१ अंकका साथ शीर्ष स्थानमा रहँदा समान खेलबाट ६४ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा रहेको छ ।

रियललाई जिताउनका लागि रोड्रिगोले २ गोल गर्दा करिम बेन्जिमा र मार्को एसेन्सियोले १–१ गोल थपेका थिए ।
३३औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रोड्रिगोले टोलीका लागि र व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियलले अग्रता दोब्बर बनाएको थियो ।

दोस्रो हाफमा पनि रियलले दुई गोल नै थप्न सफल भयो । ५५ औं मिनेटमा एसेन्सियोले गोल गरेपछि रियल फराकिलो जित तर्फ अग्रसर भएको थियो । ७२ औं मिनेटमा इस्कोको गोल असफाइड भयो । करिम बेन्जिमाले ८१ औं मिनेटमा गोल गरेपछि रियल ४–० गोल अन्तरले विजयी भयो । आजै भएको अर्को खेलमा रेलिगेशन जोनमा रहेको आलाभेसले भिल्लारियल माथि २–१ गोल अन्तरको जीत दर्ता गरेको छ ।