देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुपन्देही फाइनलमा, मलेसियासँग उपाधि भिडन्त

देशान्तर

काठमाण्डौँ । उपाधिको प्रबल दावेदार मानिएको नेपाल आर्मीलाई ६ विकेटले हराउँदै रुपन्देही ११ नेपाल प्रो लिग क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि मलेसिया ११ सँग खेल्नेछ ।

भैरहवाको सिदार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर चार बलमा एक सय तीन रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको आर्मीले मात्र नौं रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर सन्तोष कार्की सात रनमा आउट भए ।

त्यसपछि हरी चौहान र रोहित पौडेलले टिमको पारीलाई सम्हाल्ने प्रयास गरेका थिए । उनीहरुले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । तर हरी चौहान १७ रनमा आउट हुँदा आर्मीले ६४ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि उसले एकपछि अर्को गर्दै विकेट गुमाउन पुग्यो ।

भिम शार्की मात्र दुई रनमा आउट भए भने राजेश पुलामी १३, कुशल मल्ल एक, कप्तान विनोद भण्डारीले खाता खोल्न सकेनन् । यस्तै साहब आलम सात, सोमपाल कामी ६ रनमा पेभेलियन फर्किए । जसका कारण उसले एक सय रन बनाउँदा नौं विकेट गुमाएको थियो ।

आर्मीको पारीलाई कमजोर पार्न रुपेश कुर्मी र बसिर अहमेदले दुई दुई विकेट लिए भने कृष्ण कार्की र बिक्रम भुषालले एक एक विकेट लिए । जवाफमा रुपन्देही ११ ले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

रुपन्देहीको जितमा बसिर अहमदले ४५ रनको उत्कृष्ट पारी खेले । उनले ३५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । खराब सुरुवात गरेको रुपन्देहीले मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि सात रन हुँदा दोस्रो विकेट खेर फालेको उसले २० रनमा तेस्रो विकेट गुमाएको थियो ।

उसका ओपनर देब खनालले खाता खोल्न सकेनन् भने प्रज्वल थापा मात्र एक रनमा आउट भए । यस्तै बिशाल बिक्रम केसी १३ रनमा पेभेलियन फर्किए । तर चौथो विकेटका लागि बसिर र सन्दिप रजाइलीलले ७० रनको जिम्मेवारी पुर्ण पारी खेल्दै टिमलाई जितको बाटो देखाए । जसमा बसिरले ४५ रन बनाए भने सन्दिपले अविजित १९ तथा सौरभ खनालले अविजित १० रन बनाए ।

अब फाइनलमा रुपन्देहीले मलेसिया ११ सँग खेल्नेछ । उसले उत्तर प्रदेश ११ लाई हराउँदै फाइनलमा पुगिसकेको छ ।