देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सलमान खानका लागि १५ सय सुरक्षाकर्मी माग

देशान्तर

काठमाडौं । कन्सर्टका लागि नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको छ ।

आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले गरुड सेक्युरिटी फर्मका ७०० सेक्युरिटी गार्ड पनि सुरक्षामा खटिने बताए । कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ ।

सलमानको व्यक्तिगत सुरक्षा भने मुम्बईबाटै आउने उनका अंगरक्षकले गर्नेछन् । आयोजकले सलमानलाई सात जना पीएसओ प्रदान गर्ने तयारी गरेको छ ।

जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ रिलोडेड टुर’का लागि सलमान काठमाडौं आउन लागेका हुन् ।