देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले आज ताजिकिस्तानको सामना गर्दै

देशान्तर

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार ताजिकिस्तानको सामना गर्दैछ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा ताजिकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली ताजिकिस्तानकाइ हराउँन नेपाललाई सहज भने छैन।

पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपाल ताजिकिस्तानलाई रोक्न चाहन्छ ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ’बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।