देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

च्याम्पियन्स लिग फुटबल : चेल्सीविरुद्व बेन्जमाको ह्याट्रिक

देशान्तर

काठमाण्डौँ । करिम बेन्जमाले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले अग्रता बनाएको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी विरुद्व रियलले ३–१ को प्रभावसालि जित निकाल्यो ।

पहिलो लेगमा स्पष्ट २ गोलको अग्रतासँगै रियलको सेमिफाइनल संभावना बलियो बनेको छ। साविक च्याम्पियन चेल्सी विरुद्व २१ औं मिनेटमा बेन्जामाले पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए । उनले भिनिसियल जुनियरको पासलाई हेड गर्दै पहिलो गोल गरेका थिए। लगतै बेन्जामाले २४ औं मिनेटमा दोस्रो गोल गर्दै घरेलु समर्थकलाई निरास बनाएका थिए ।

तर पहिलो हाफमानै खेलमा फर्किने क्रममा काइ हावर्टले ४० औं मिनेटमा जोर्गिन्होको पासलाई सदुपयोग गरेका थिए। खेलमा ह्याट्रिक पुरा गर्ने क्रममा बेन्जामाले दोस्रो हाफको सुरुवातमानै गोल गरे । ४६ औं मिनेटमानै टीमका लागि ह्याट्रिक पुरा गरेका ३४ वर्षिय बेन्जामाले रियलमा आफ्नो रवाफिलो प्रदर्शन जारी राख्न सफल भएका थिए ।

त्यसअघिनै रियलले घरेलु टोलिलाई दबाब दिएको थियो । जुनियरको प्रहार क्रश बारमा लाग्दा जोगिएको चेल्सी बेन्जिमा बाट भने जोगिन सकेन् ।

बेन्जामा च्याम्पियन्स लिगमा लगातार ह्याट्रिक गर्ने चौंथो खेलाडी बने । उनी अघि लगातार ह्याट्रिक गर्ने कीर्तिमान क्रिश्टियानो रोनाल्डो, लियोनेल मेसी र लुइज अड्रियानोको नाममा रहेको थियो ।