देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एएफसी छनोट खेल : मच्छिन्द्रले ब्लू स्टारसँग खेल्दै

देशान्तर

एएफसी कप छनोट फुटबलको प्ले अफ खेलमा आज नेपालको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

मछिन्द्र र ब्लु स्टारबीचको खेल साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ । मछिन्द्र क्लबले पहिलो पटक एएफसी कपको छनोट खेल्न लागेको हो ।

अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो । यसपटक आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजना मछिन्द्रको छ ।

यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । उक्त खेल अप्रिल १२ तारिखमा हुनेछ ।