देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपको कप्तानीमा नेपाललाई पहिलो उपाधि

देशान्तर

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्‍यो ।

 

दीपेन्द्रले उत्कृष्ट बलिङ गरि ४ विकेट लिएपछि १ सय ६९ रनको विजय लक्ष्य लिएर पीएनजी १६.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

 

दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । उनले पीएनजीका कप्तान असाद भाला ९८०, चार्ल्स अमिनी ९१५०, टोनी उरा ९०० र चाड सोपर ९१० लाई आउट गरेका थिए ।

करणले ३ ओभरमा २७ रन खर्चेर ३ र कप्तान सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सेसे बाउले पीएनजीबाट सर्वाधिक ५९ रन बनाए । उनले ३८ बल खेली १ चौका र ६ छक्का प्रहार गरे ।

यसअघि पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले राम्रै सुरुआत गरे पनि सेमो कामिआले एकै ओभरमा उत्कृष्ट बलिङ प्रर्दशन गर्दै खेलको नक्सा परिवर्तन गरेका थिए ।

ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहित पौडेल २ रनमै आउट भए पनि दीपेन्द्रसिंह ऐरी र आसिफ शेख ब्याटिङ गरिरहँदा नेपाल राम्रो स्कोरतर्फ अगाडि बढेको थियो ।

कामिआले एकै ओभरमा ३ विकेट लिएर पीएनजीलाई खेलमा फर्काएका थिए । उनले शेख दाजु भाई आसिफ र आरिफसहित दीलिप नाथलाई आउट गरे । आसिफले २९ बल खेली १ छक्कासहित २९ रन बनाए । आरिफ र दीलिप २र२ बल खेल्दै शून्यमा आउट भए ।

दीपेन्द्रले नेपालबाट सर्वाधिक ५४ रन बनाए । उनले ३८ बल खेली ५ चौका प्रहार गरे । आफ्नो इनिङ्सका क्रममा दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने खेलाडी बने । मोहम्मद आदिल अलामले १३ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए ।

दीपेन्द्र र करण केसीले २४ बलमा ५४ रनको अविजित साझेदारी गरे । करण १२ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।

नेपाल अपराजित रहि फाइनल खेलेको थियो । नेपालले राउन्ड रोबिनका चार खेलमा पीएनजी र मलेसियालाई २र२ पटक पराजित गरेको थियो । पीएनजीसँगको दुई खेलमा नेपालले क्रमशः १५ र ३७ रनको विजय हात पारेको थियो ।