देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दीपेन्द्रले पूरा गरे टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन

देशान्तर

काठमाडौं – दीपेन्द्र सिंह ऐरी नेपालका लागि टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको पपुवा न्युगिनी विरुद्धको त्रिकोणात्मक टी२० श्रृंखलाको फाइनल खेलमा २१ रन बनाएसँगै दीपेन्द्रले टी२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरे । उनले १३औं ओभरमा रिले हेकुरेला२ १ रन प्रहार गरेपछि एक हजार रन बनाएका हुन् ।

उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै उक्त उपलब्धी हासिल गरे । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतक समेत प्रहार गरेका छन् ।

उनले यही श्रृंखलाबाटै पूर्व कप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी२० अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका थिए । पारसलले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक प्रहार गर्दै ७९९ रन बनाएका थिए ।

दीपेन्द्रले श्रृंखलाको अन्तिम लिग खेलमा मलेसियाविरुद्ध अविजित शतक प्रहार गरेका थिए । उनले मलेसिया विरुद्ध ११० रन प्रहार गरेका थिए । जुन टी२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन हो ।

दीपेन्द्र टी २० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

यस्तै दीपेन्द्र दुवै फर्म्याटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि पारसले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।

यस्तै टी २० मा सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा रहेका अर्का पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४० खेलबाट ७४८ रन बनाएका छन् ।

दीपेन्द्र टी२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने विश्वकै ७६औं खेलाडी बनेका छन् । भारतका रोहित शर्माले सर्वािधक ३ हजार ३१३ रन बनाएका छन्