देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचियो, ६ हप्ता खेल्न नसक्ने

देशान्तर

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको छ । उनको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ ।

डा.निरज केपी र डा. निराज केसीले उनको उपचार गरेका र उनको अवस्था अहिले सामान्य रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २१ वर्षको ऐरीलाई निको हुन कम्तिमा पनि ६ हप्ता लाग्ने क्यानले जनाएको छ ।

मलेसियासँगको खेलमा ऐरीले २ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिएका थिए ।