देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टस हारेर नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

देशान्तर

काठमाडौं – घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।

आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद अदिल आलम, करण केसी, दीलिप नाथ, आरिफ शेख, सन्दीप लामिछाने, कमलसिंह ऐरी र अविनाश बोहोरा रहेका छन् ।

नेपाल यसअघि पपुवा न्यूगिनी ९पीएनजी० लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।

मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ ।