देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

देशान्तर

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयको नवौं अधिवेशन(हिउँदे) आजदेखि सुरु भएको छ । प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन गत असोज १५ गते राति १२ बजेदेखि अन्त्य गरिएको थियो। संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको एउटा अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ ।

अधिवशेनको पहिलो बैठकमा सांसदहरूले शुभकामना दिने र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश दूग्ध विकास बोर्ड (पहिलो संशोधन०)ऐन, २०७८ सभामा टेवल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बताए।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले छवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ। प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले विधेयक तयार पारेको जनाइएको छ।