देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काबेली सिमेन्ट उद्योगले गर्‍यो ४३ करोडभन्दा बढीको कारोबार

देशान्तर

काठमाडौं । झापाको हल्दिबारीमा रहेको काबेली सिमेन्ट उद्योगले ४३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। २०२२ को पहिलो ६ महिनामा उद्योगले १७ करोड ५० लाख रुपैयाँको कारोबार गर्ने इक्रा नेपालले उल्लेख गरेको छ। २०२१ को पहिलो ६ महिनामा उद्योगले १३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

दैनिक पाँच सय टन ९वार्षिक एक लाख ६५ हजार टन० ग्राइन्डिङ क्षमता रहेको काबेली सिमेन्टले दुईवटा ब्राण्डको ओपीसी र पाँचवटा ब्राण्डका पीपीसी सिमेन्ट बिक्री गर्दै आएको छ ।

२०२० जुनेदखि व्यवसायिक संचालनमा आएको काबेली सिमेन्टको उत्पादन क्षमता न्यून हुनुका साथै सिमेन्टको प्रतिस्पर्धी बजारका कारण वित्तीय अवस्थामा चुनौती आउन सक्ने रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

२०२१ मा मात्रै उद्योग पूर्ण संचालन भएको थियो। पूर्वी नेपालका व्यवसायीहरुको लगानी रहेको काबेली सिमेन्टलाई आफ्नो वितरण नेटवर्क र बिक्रीमा त्यसैले सघाएको देखिन्छ।

काबेली सिमेन्टले सौर्य, योद्धा, बिएण्डबि, फेवा, हल्दिबारी र कन्याम ब्राण्डका ओपीसीसहित पीपीसी सिमेन्ट बिक्री गर्दै आएको जनाएको छ।
१५ जना व्यक्तिहरुको सेयर स्वामित्व रहेको काबेली सिमेन्टको अध्यक्ष अर्जुनकुमार मैनाली छन्।

उद्योगले ५९ करोड ५० लाख रुपैयाँको कर्जाका लागि इक्रा नेपालबाट रेटिङ गराएको छ। दुई करोड ५० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले उद्योगलाई एल डबल बी माइस रेटिङ दिएको छ। ३४ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि उद्योगलाई इक्राले ए फोर रेटिङ दिएको छ।