देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भृकुटीमण्डपमा दोहोरीको मेला

देशान्तर

काठमाडौं । बुटवलमा सम्पन्न पाँचौँ राष्ट्रिय खुल्ला दोहोरी प्रतियोगितापछि दुई वर्ष कोरोनाका कारण रोकिएको ‘छैटौं राष्ट्रिय खुल्ला दोहोरी प्रतियोगिता’ यही चैत १६ देखि १९ सम्म हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने प्रतियोगितामा सहभागी बन्नका लागि चैत १४ सम्म आवेदन दिन सकिनेछ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुने प्रतियोगितामा उत्साहजनक सहभागिता हुने आशा राखिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । प्रतियोगितामा बढीभन्दा बढी समूहको सहभागिताको लागि प्रतिष्ठानको टिम काठमाडौँ र बाहिरका दोहोरी साँझमा प्रचारप्रसार तीव्र पारिएको छ ।

पाँचौँ राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा गाउँदै गायिका टीका पुन र साथीहरू ।

प्रतिष्ठानको शाखा गठन भएका जिल्ला, प्रदेश र समन्वय समितिहरूबाट पनि प्रतिस्पर्धी समूहको अपेक्षा गरिएको प्रतिष्ठानका उपमहासचिव शिव हमालले बताए । प्रतियोगितामा पहिलो हुनेले २ लाख २५ हजार, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र सान्त्वनाले ५० हजार रुपैयाँसहित सिल्ड र मेडल प्राप्त गर्नेछन् ।

प्रत्येक समूहमा दुई पुरुष र दुई महिलासहित उत्कृष्ट भेषभूषालाई समेत पुरस्कृत गरिने भएको छ । प्रतियोगितात्मक कार्यक्रममा दोहोरीको मजा लिनका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्माले बताए ।

टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको प्रतियोगिताको प्रायोजक सिटी एक्सप्रेस रहेको छ । प्रतियोगिता सफल पार्नका लागि देशविदेशका दोहोरीप्रेमीले स्वस्फुर्त सहयोग गरिरहेका छन् ।