देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीवन विकास लघुवित्त र नेपाल दूरसञ्चारको बोनस समायोजन

देशान्तर

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जीवन विकास लघुवित्त र नेपाल दूरसञ्चार कम्पनी एनटिसीको मूल्य समायोजन गरेको छ।

नेप्सेले जीवन विकास लघुवित्तले प्रस्ताव गरेको ७० प्रतिशत बोनस सेयर र नेपाल दूरसञ्चारले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो।

समायोजनपछि जीवन विकास लघुवित्तको मूल्य तीन हजार रुपैयाँ र नेपाल दूरसञ्चारको प्रतिकित्ता मूल्य १२ सय २०।८३ रुपैयाँ निर्धारण भएको छ। आइतबार यी कम्पनीको कारोबार सोही मूल्यबाट सुरु हुनेछ ।

नेप्सेले जीवन विकास लघुवित्तको अन्तिम कारोबार मूल्य ५१०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो। लघुवित्तले आर्थिक वर्ष २०७७र७८ का लागि ७० प्रतिशत बोनस र ३।६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको चैत २५ हुन गइरहेको तेस्रो वार्षिक साधारणसभाबाट लाभांशको प्रस्ताव पारित हुँदै छ।

साधारणसभा प्रयोजनका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म लघुवित्तले सेयर दर्ता किताब बन्द ९बुक क्लोज० मिति तय गरेको छ। जसअनुसार चैत ११ सम्म कायम सेयरधनीहरुले मात्र जीवन विकास लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यस्तै, नेप्सेले नेपाल दूरसञ्चारको अन्तिम कारोबार मूल्य १४ सय ६५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो। दूरसञ्चारले आर्थिक वर्ष २०७७र७८ का लागि २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको चैत २४ हुन गइरहेको १४ औं वार्षिक साधारणसभाबाट लाभांशको प्रस्ताव पारित हुँदै छ।

साधारणसभा प्रयोजनका लागि चैत ११ गतेदेखि २३ गतेसम्म कम्पनीले सेयर दर्ता किताब बन्द ९बुक क्लोज० मिति तय गरेको छ। यसअनुसार चैत १० सम्म कायम सेयरधनीहरुले मात्र दूरसञ्चारको वार्षिक साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।