देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिराहाको मिर्चैयामा सानिमा बैंक

देशान्तर

काठमाडौं । सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा खोलेको छ ।

सो शाखा कार्यालयको वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य९मह जोडी० र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटन समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षण रहने बताए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय २५ कार्यालय र १ सय १४ वटा एटीएम सञ्चालनमा छन् ।