देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४ अर्ब निक्षेप थपिँदा १ अर्ब कर्जा प्रवाह, सीडी रेसियोमा देखिएन सुधार

देशान्तर

काठामाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा पैसा बढ्दै गएको देखिएपनि लगानी योग्य रकम ९तरलता० मा भने सहजता देखिएको छैन ।

एक दिनमै बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ४ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने १ अर्बले बढेको छ । मंगलबार एक दिनमा कर्जाको तुलनामा निक्षेप संकलन बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

बैंकहरूले निक्षेप संकलनमा प्राथमिकता दिए पनि अहिले लगानी योग्य रकम अभाव नै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० असार मसान्तसम्म ९० प्रतिशतभन्दा तल कायम गर्न भनेको छ । तर, अहिलेसम्म पनि बैंकहरूको सीडी रेसियो ९० पतिशत तल झर्न सकेको छैन। राष्ट्र बैंकका अनुसार मंगलवार वाणिज्य बैंकहरूको सीडी रेसियो ९० दशमलव ७३ प्रतिशत कायम छ ।

राष्ट्र बैंकका अनुसार चैत ८ गतेसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ४८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह भने ४६ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिसम्ममा वाणिज्य बैंकबाट मात्र ४३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४१ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।