देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कहाँ पुग्यो क्रस होल्डिङ कम्पनीलाई मर्जर गर्ने तयारी ?

देशान्तर

काठमाडौं । बीमा क्षेत्रमा जोखिम बढ्दै गएको भन्दै नियामक बीमा समितिले बीमा कम्पनीहरूको पूँजी वृद्धि गर्ने तयारी गरेको छ ।

बीमा कम्पनीहरूको आधारभूत पूँजी कति कायम हुनुपर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । समितिले कम्पनीका सञ्चालक सन्तोष रिजालको अध्यक्षतामा अध्ययन समिति गठन गरेको पौडेलले बताए ।

उक्त समितिको अध्ययन प्रतिवेदन आएपछि बीमा कम्पनीको पूँजी कति हुनुपर्ने भन्नेबारे निर्णय गर्ने उनले जनकारी दिए । ‘बीमा कम्पनीको आधारभूत पूँजी कति हुनुपर्ने हो, त्यसको बारेमा अध्ययन गर्न समितिले सञ्चालक सन्तोष रिजालको अध्यक्षतामा अध्ययन कमिटी गठन गरेको छ । त्यसको प्रतिवेदन तयार भएपछि अहिलेका बीमा कम्पनीहरूको पूँजी वृद्धि गर्ने वा के गर्ने भन्ने कुराको निर्धारण हुन्छ,’ पौडेलले भने ।

बीमा कम्पनीको पूँजी कम भइ व्यवासयमा जोखिम बढ्दै गएकाले बीमा कम्पनीहरूलाई मर्जरमा जान जोड गरिएको पौडेलले बताए । पूँजी वृद्धिकै लागि क्रस होल्डिङमा भएका बीमा कम्पनीहरूबीच मर्जरमा जान समितिले प्रोत्साहन गरेको उनको भनाइ छ ।

हाल जीवन बीमा कम्पनीका लागि २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नु पर्ने व्यवस्था छ । तर, कतिपय बीमा कम्पनीहरूको अहिले पनि समितिले व्यवस्था गरेअनुसार चुक्तापूँजी कायम गरेका छैनन् ।