देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से २० अङ्कले घट्यो

देशान्तर

काठमाण्डौ । दुई दिन लगातार बढेको शेयर बजार आज बुधवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३४ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ३६ विन्दुमा झरेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २६ वटा कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर दुई अर्ब चार करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बुद्धभूमि हाइड्रोको शेयर सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।