देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैरआवासीय नेपाली संघको निर्वाचन तीन दिन पर धकेलीयो

देशान्तर

काठमाडौं – गैरआवासीय नेपाली संघको निर्वाचन फेरि परिवर्तन भएको छ। आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन तीन दिन पर सरेको हो।

नयाँ निर्वाचनको मिति चैत १० र ११ गतेका लागि तय गरिएको निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी जनाएको छ। जारी सूचनामा विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते ९मार्च २४(२५ ० हुने बताइएको छ।

सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तरराष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ।