देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

देशान्तर

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । सिहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार रहेका छन् ।

नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह, जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका छन् ।

नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि संघीय कानुन अनुरुप शपथ लिनु पर्ने संवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफ्नो जातीय वेषभूषासहितको पहिरनमा आएका थिए ।

राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उनीहरुको कार्यकाल छ वर्षको हुने छ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई संघीय ससद्को प्रतिक चिह्न ९लोगो० प्रदान गरे ।

सचिवालयका महासचिव डा। भरतराज गौतमले उनीहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई दिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी भएका थिए ।

संसद् सचिवालयले उनीहरुलाई संसद् र संसदीय अभ्यासबारे आजै संक्षिप्त जानकारी दिने कार्यक्रमसमेत राखेको छ ।