देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्छ : ओली

देशान्तर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताएका छन् । उनले अहिलेसम्म प्रदेश १ ले नामाकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै आश्चर्य समेत व्यक्त गरेका छने ।

‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको र साझा पहिचान झल्काउने यही नाम नै उपयुक्त भएको उनको तर्क थियो ।

शनिबार विर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको, कोसी सभ्यताबाटै उठेको, कोसीद्वारा नै सिञ्चित हाम्रो रगतमा कोसीको पानी छ । हाम्रो रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी छ, मकालुको पानी छ । यसरी सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरुले कोसी प्रदेश नाम राख्न नसकेमा ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो रु

उनले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा सबैको पहिचान समेट्न नसकिने बताएका छन् । साथै यसरी नामाकरण गरे इतिहास नै नसमेटिने उहाँले तर्क थियो । कोसी इतिहास, सभ्यता र साझा पहिचान भएकाले यही नामाकरण गर्न अभियान चलाउनुपर्ने समेत उनले बताए ।