देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीलाई रिङ आउटु गर्ने एमालेको षड्यन्त्र चकनाचुर भयो : प्रचण्ड

देशान्तर

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया नै भंग हुने स्थिति आएपछि एमसीसी सम्झौता अनुमोदन गर्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार दिउँसोदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष दाहालले यथास्थितिमा एमसीसी पास नगरेको बताएका हुन् ।

साथै यथास्थितिमै एमसीसी पास गरेर माओवादीलाई रिङ आउटु गर्न खोज्ने एमालेको षड्यन्त्र चकनाचुर भएको पनि दाहालले बताए । पार्टी विभाजनअघि नेकपा हुँदा अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै एमसीसी पास गर्न खोजेको पनि दाहालको दाबी छ ।

नेकपा छँदा आफ्नै अध्यक्षतामा बसेको बैठकमा आफ्नै प्रस्तावअनुसार झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले निकालेको निष्कर्ष अनुसार नै परिमार्जनसहित एमसीसी अनुमोदन भएको दाहालको भनाइ छ ।

त्यस्तै एमसीसीबारेको व्याख्यात्मक घोषणा अन्तर्राष्ट्रिय रुपमा कानुनी मान्यता अनुरुपनै संसद्बाट पारित भएको पनि दाहालले दोहोर्‍याएका छन् । माओवादीको ८औं महाधिवेशनको निर्णयअनुरुप नै परिमार्जनसहित एमसीसी पारित भएको पनि उनले बताए ।

एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको हो । व्या