देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तारुढ नेपाली कांग्रेसद्वारा भ्रातृ संस्थाहरूको विधान तयार

देशान्तर

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको विधान तयार गरेको छ । पदाधिकारीहरूले मस्यौदा समितिबाट तयार भएर आएका विधानमाथि छलफल गरी अन्तिम रुप दिएका हुन् ।

मस्यौदा समितिले यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफलका लागि मस्यौदाहरू प्रस्तुत गरेको थियो । त्यसमाथि पार्टीका पदाधिकारीहरूले अध्ययन गरी अन्तिम रुप दिने काम गरेका हुन् । कांग्रेसका १३ भ्रातृ संस्था छन्, त्यसमध्ये कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाहरू विघटन गरेको थियो । ती भ्रातृ संस्थाको विधान तयार गरी त्यहीअनुसार केन्द्रीय तदर्थ समिति गठन गर्ने कांग्रेसको तयारी छ । १० वटै भ्रातृ संस्थामा एक वर्षभित्र महाधिवेशन गर्ने गरी नयाा तदर्थ समिति ल्याउन पार्टीका पदाधिकारीहरूलाई चटारो परेको छ ।

सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीहरू महाधिवेशनपछि पार्टीको तल्ला तहलाई सर्कुलर गर्ने, चुनावलक्षित एक महिने तयारी, भ्रातृ संस्थाको विधान र नयाँ तदर्थ समिति गठनका लागि दैनिकजसो छलफलमा छन् ।

कार्यसम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, र नेपाल भूतपूर्व सैनिक संघका तत्कालीन केन्द्रीय कार्यसमितिहरू भङ्ग गरी फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निणर्य गरेको थियो । त्यहीअनुसार तदर्थ समिति गठनको तयारी भइरहेको सहमहामन्त्री आङदेम्बेले बताए ।