देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बमभन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् ।

सभापतिमा विजयी भएका भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिस्पर्धी बमले एक हजार ९६ मत पाएका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो ।

पहिलो चरणबाट बाहिरिएको कोइराला समूहले बमलाई समर्थन गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा कोइराला पक्षले एक सय ९७ मत ल्याएको थियो । कोइराला पक्षले सहयोग गर्ने घोषणा गरे पनि बमको मत भने पहिलो चरणभन्दा दोश्रो चरणमा घटेको छ । बमले पहिलो चरणमा एक हजार १६९ मत ल्याउँदा दोश्रो चरणमा उनको मत घटेको छ ।

कांग्रेस कैलालीमा दुई हजार ५७५ मतदाता रहेकोमा दोस्रो चरणको मतदानमा दुई हजार ४६७ मतदाता सहभागी भएका थिए । सभापतिको टुंगो लागेसँगै आज राति देखि नै अन्य पदाधिकारीको मत गणना सुरु हुने कांग्रेस कैलालीका लागि निर्वाचन अधिकृत टेकनाराण सुवेदिले बताए ।