देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र भीम रावलसँग भेटवार्ता

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका नेता भीम रावलसँग भेट गरेका छन् ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुगेर उनले रावलसँग भेट गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ । संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।

भेटघाटका क्रममा एमसीसी अनुमोदनपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका छन् ।

एमाले नेता रावलले पनि ट्वीट गर्दै विप्लव र प्रकाण्डले ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ जोड दिएको बताएका छन् । ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’ रावलले भनेका छन् ।