देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज सोमबार बिहान पहाडी भू–भागमा आंशिक बदली हुनेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली लगायत अन्य भू–भागमा मौसम सामान्यतया सफा हुनेछ । त्यस्तै, प्रदेश– १, गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबार राती भने देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।