देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै

देशान्तर

काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टीम शुक्रबार नेपाल फर्कदै छ । नेपाल ओमानमा आयोजना भएको आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागि भएको थियो ।

नेपाल सेमिफाइनलमा युएइसँग पराजित भएपछि विश्वकप छनोट हुन भने असफल रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्कने जनाएको छ । नेपाली टोली साँझ ५ः३० मा नेपाल आईपुग्ने छ । छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगिताको समुह चरणमा उत्कृष्ट प्रदर्शन गरेपनि निर्णायक तथा महत्वपुर्ण मानिएको सेमिफाइनलमा नेपाल युएईसँग निरीह रहँदै पराजित भयो । छनोट खेलको उपाधि भने युएईले जितेको थियो ।