देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले आज निर्णायक खेलमा युएईसँग खेल्दै

देशान्तर

नेपालले ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटमा आज निर्णायक खेल खेल्दैछ । ओमानमा जारी विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स युएईसँग खेल्न लागेको हो । यो खेलको विजेता अष्ट्रेलियामा हुने पुरुष टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि छनौट हुनेछ ।
त्यसैले मंगलबारको खेल नेपाली टोलीका लागि पछिल्लो एक दशककै महत्वपूर्ण खेलको रुपमा हेरिएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टि–ट्वेन्टी विश्वकप खेलेको नेपाल दोस्रो पटक विश्वकपमा छनौट हुने डिलमा पुगेको छ । समुहका सबै तीन खेल जित्दै नेपाल विश्वकप छनौटको सेमिफाइनलमा पुगेको हो ।

समुह चरणमा नेपालले आयोजक ओमानसँगै फिलिपिन्स र क्यानाडालाई हराएको थियो । आजको सेमिफाइनलमा युएईलाई हराउन सके नेपालले विश्वकपको टिकट काट्नेछ । उता युएई भने समुहमा दुई जित र एक हारसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।
समुह चरणमा युएईले बहराईन र जर्मनीलाई हराउँदा आयरल्याण्डसँग पराजित भएको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयरल्याण्ड र ओमन भिड्नेछन् ।