देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टि–२० विश्वकप छनोट : फिलिपिन्समाथि नेपालको सानदार जित

देशान्तर

काठमाडौं – टि–२० विश्वकप छनोट अन्र्तगत फिलिपिन्समाथि नेपालले सहज जित निकालेको छ।

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार साझेदारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले १३६ रनको जित निकालेको हो। जारी प्रतियोगितमा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएको छ।

नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्यो। यसअघि कुशल भूर्तेलको शतक तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रनको योगफल खडा गर्‍यो।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन। दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए। पाँचौँ ओभरमा कुशल मल्ल पनि १२ रनमै आउट भए। त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले विशाल योगफल खडा गर्‍यो।