देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालद्धारा फिलिपिन्सलाई २१९ रनको लक्ष्य

देशान्तर

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनमा अविजित रहे । कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए । कुशलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो । यस अघि उनले ७७ रन बनाएका थिए ।कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् ।

यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए ।

दिपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीको सर्वाधिक रनको साझेदारी गरे । कुशल र दिपेन्द्रले १ सय ७१ रनको साझेदारी गरे । यस अघि पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध १ सय ४५ रनको साझेदारी गरेका थिए । लोकेश बम ६ रनमा अविजित रहे ।

कुशल मल्लले १२ रनमा आउट भए । आशिफ शेख शुन्य रनमै आउट भएका थिए ।फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।