देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिलिपिन्सविरुद्ध कुशलले गरे अर्धशतक प्रहार

देशान्तर

आइसिसी टि– २० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ३३ बलको सामना गर्दै ९ चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका हुन् ।

यो उनको टि-२० अन्तर्राष्ट्रियमा पाँचौ अर्धशतक हो । यसअघि उनले गएको बैशाखमा सम्पन्न मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा ४ अर्धशतक प्रहार गरेका थिए ।

यो समाचार तयार पर्दासम्म नेपाल १‍०.३ ओभरमा २ विकेट गुमाउँदै ९४ रन बनाएर खेलिरहेको छ । ५९ रनमा अविजित रहेका कुशललाई दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउँदै साथ दिइरहेका छन् ।