देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा आज नेपाल र फिलिपिन्स भिड्दै

देशान्तर

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सको सामना गर्नेछ ।  नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

फिलिपिन्स भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो ।

यस्तै, नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका तय भएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।