देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोलामा १००० बढ्यो सुन

देशान्तर

काठमाडौं – नेपाली बजारमा सुनको भाउ प्रतितोला एक हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधवार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजाबी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बुधवार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ।