देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुन १५ भित्र स्वास्थ विमा गरिसक्नु : साँफेबगर नगरपालिका

देशान्तर

अछाम -अछामको साँफेवगर नगरपालिकाले नगरबासिलाई स्वास्थ विमा अनिवार्य गर्न निर्देशन दिएको छ ।

स्वास्थ विमा कार्यक्रमलाई प्रभावकारी बनाउन नगरापलिकाले यस्तो निर्देशन दिएको मेयर कुलबहादुर कुँवरले बताए ।

यसअघि कार्यपालिकामा भएको निर्णयलाई थप प्रष्ट पार्दै साँफेबगर मेयर कुँवरले जनप्रतिनिधी तथा कर्मचारीहरुलाई फागुन १५ गते भित्र आफ्नो र घरपरिवारको स्वास्थ्य विमा गर्न निर्देशन दिएका हुन् ।

उक्त समयावधि भित्र स्वास्थ्य विमा नगरेमा नगरपालिकाबाट प्राप्त गर्ने र प्राप्त गर्दै आईरहेका सबै प्रकारका सेवा सुविधा, तलब भत्ता रोकिने उनले बताए ।